३० असार, ताप्लेजुङ । कृषि विकास बैंकको ताप्लेजुङ शाखाले सिदिङ्वा गाउँपालिकाका पहिरो पीडित परिवारलाई १ लाख रुपैयाँ राहत रकम प्रदान गरेको छ।
बैंकका शाखा प्रवन्धक जिरन बुढाथोकीले सिदिङवा गाउँपालिकाका कार्यालयका प्रतिनिधि शिक्षा अधिकृत समेत रहेका बिराज कट्टेललाई १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन्।
सामाजिक उत्तरदायित्व कार्यक्रमको बिपत कोषबाट पीडितलाई राहत स्वरुप प्रदान गरिएको कार्यालय प्रमुख बुढाथोकीले बताए ।







