ताप्लेजुङ । प्रेस युनियन ताप्लेजुङको अध्यक्षमा पुनः सन्तोष पूर्कुटी चयन भएका छन् । बुधबार सम्पन्न पाँचौं जिल्ला अधिवेशन मार्फत पूर्कुटीको अध्यक्षतामा १३ सदसिय जिल्ला कार्यसमिति सर्वसहमतिमा चयन गरिएको हो ।
उपाध्यक्षमा कृष्ण फुरुम्बो लिम्बू र रन्जना गुरुङ चयन भएका छन् । यस्तै सचिवमा तरुण भारती सहसचिवमा अनुपा गुरुङ र कोषाध्यक्षमा फुर्वा शेर्पा चयन भएका छन् ।
अधिवेशनको प्रमुख अतिथिमा नेपाली कांग्रेस ताप्लेजुङका सभापति गजेन्द्र तुम्याहाङ, विशिष्ट अतिथि प्रेस युनियनका केन्द्रीय सदस्य भिम कुमार बाँस्कोटा, प्रदेश प्रतिनिधि लक्ष्मी गौतम, विभिन्न पत्रकारजन्य संगठनका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।







