२४ असार, ताप्लेजुङ । ट्राफिक सप्ताह २०८० को छैटौं दिन सदरमुकाम फुङ्लिङ बजारमा आज गाडी चालककरुलाई लागुपदार्थ सेवन चेकिङको नमुना परिक्षण गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले गरेको नमुना लापसे परिक्षणमा ३ जना को परिक्षणमा तिन जनाकै नेगेटिभ देखिएको ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख गोपाल भुजेलले जानकारी दिनुभयो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी टंक प्रसाद भट्टराई, ससस्त्र प्रहरी वल कंचनजङ्घा गुल्मका गुल्मपति विनोद थापा, राष्ट्रिय अनुसन्धान कार्यालय ताप्लेजुङका प्रमुख दुर्गाप्रसाद चापागाईं, विभिन्न संचार संस्थाका पत्रकार र सवारी चालकहरुको उपस्थिति रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!