२३ असार, ताप्लेजुङ । ट्राफिक सप्ताहको अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले शनिबार फुङ्लिङ बजारमा सवारी चालकहरुको स्वास्थ्य परिक्षण गरेको छ ।
सवारी चालक स्वस्थ भएमा मात्रै राम्रोसँग सवारी चलाउन सक्ने हुदा चालकको स्वास्थ्य परिक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख गोपाल भुजेलले बताए । सो अवसरमा करिब ३० जना चालकको आँखा, रक्तचाप तथा मुटुको परिक्षण गरिएको थियो । स्वास्थ परिक्षणको लागि ताप्लेजुङमा रहेको तमोर हस्पिटलले जनशक्ति प्राबिधिक सहयोग गरेको थियो।
सवारी दुर्घटना न्युनिकरणको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले विभिन्न सचेतनामुलक कार्यक्रम गरि ट्राफिक सप्ताह मनाईरहेको छ ।








