
१६ फाल्गुन , ताप्लेजुङ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका वाड न. ६ मा ट्याक्सी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी जवान भिम खत्रीले जानकारी दिनुभएको छ। देउरालीबाट सदरमुकाम फुङ्लिङ तर्फ आउदै गरेको प्रदेश 1-01-001च 7791 नम्बरको बोलेरो गाडी शनिबार राती अन्दाजी 11 बजेको समयमा ब्रेक फेल भइ सडक मुनि खसेको थियो। गाडिका चालक फु.न. पा ६ बतासे बस्ने बर्ष २० को निरोज गुरुङ रहेका छन भने ट्यक्सि होटेल साकिरा आगाडी दुर्घटना भएको थियो।
दुर्घटनामा कुनै मानवीय क्षति नभएको तर चालक भने फरार रहेको र फरार चालकलाई खोजी भै रहेको खत्रीले Kanchanjunghanews लाई जानकारी दिनुभएको छ।