ताप्लेजुङ, फागुन १४ गते । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईको सरुवा भएको छ ।

ताप्लेजुङ आएको छ महिनामानै सुरुवा गरिएका चापागाईलाई झापाको सहायक प्रमुख जिल्ला अधिकारी बनाइएको छ । झापाका साहायक प्रजिअ उमेश पाण्डेलाई ताप्लेजुको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । पाण्डे यसअघि जिल्ला समन्वय समिति तत्काल जिल्ला विकास समिति ताप्लेजुङको स्थानिय विकास अधिकारीको रुपमा रहनु भएको थियो ।

करिव दुईवर्ष पाचथरको प्रमुख जिल्ला अधिकारी ,मोरङ झापाको सहायक प्रजिअ भएका पाण्डेलाई फेरी ताप्लेजुङको प्रमुखको जिम्मेवारी दिइएको हो ।गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन गरेको छ । जसमा ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर भएका छन् भने केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पनि हेरफेर भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय