ताप्लेजुङका चार राजनीतिक दलका दलित सम्बद्ध भातृ संगठनले छुवाछुत प्रथा अन्त्य र सचेतना मुलक कार्यक्रमका लागि स्थानीय तहमा दवाव सृजना गर्ने भएका छन ।

स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट ल्याउनै लाग्दा संयुक्त रुपमा दवाव सृजना गर्ने भएका हुन । सुक्रवार वसेको एमाले निकट उपीडित जातीय मुक्ति समाज, काग्रेस निकट नेपाल दलित संघ, माओवादी निकट दलित मुक्ति मोर्चा र नेकपा एस निकट दलित मुक्ति संगठनले स्थानीय तहका प्रमुख लाई भेटेरै अवधारणा बुझाउने निर्णय गरेका छन।

त्यसका लागि फुङलिङ नगरपालिकामा डम्बर रसाइली, पाथीभरा याङवरकमा कुमार सिवा, मिक्वा खोलामा नेत्र नेपाली, सिदिङवामा गंगा शंकर, मेरिङ्देनमा दिनेश खाती, मैवाखोलामा अनिल कार्कि डोली, फक्ताङलुङमा केदार सुन्दास, सिरिजंगामा पूजन वर्देवा र आठराई त्रिवेणीमा खगेन्द्र नेपाली लाई तोकिएको छ। उनिहरुले पालिका प्रमुखलाई भेटेर ताप्लेजुङका दलित राजनीतिक संगठनको संयुक्त अपील बुझाउने र नीति तथा कार्यक्रममा समेट्न अपिल गर्ने निणर्य छ ।

चार सगठनले छुवाछुत तथा भेदभाव अन्त्यको लागि १३ बुंदे र दलित समुदायको सशक्तिकरण उन्नति र प्रगतिका लागि ११ बुँदे घोषणापत्र यस अघिनै सावजनिक गरेका छन । भेदभाव उन्मुलन दिवशको दिन जनप्रतिनिधि लाई निम्त्याएर अवधारणा पत्र सुनाउने तयारी भएपनि जन प्रतिनिधिको अनुपस्थिति का कारण पालिकामै जाने निर्णय भएकोपनि दलित नेताहरुले वताएका छन्।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!