ताप्लेजुङ । आईएमई लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्युदाबी रकम भुक्तानी गरेको छ । कम्पनीको शाखा कार्यालय ताप्लेजुङले शनिबार एक कार्यक्रमको आयोजना गरी ५ लाख ३० हजार रुपैँया रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

उक्त शाखाले फक्ताङलुङ गाउँपालिका ५ का मृतक राजकुमार राईकी श्रीमती सुनिता लिम्बू राईलाई चेक हस्तान्तरणको शाखा कार्यालय ताप्लेजुङक प्रमुख सुर्य गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक राईले २०७७ साल साउन ३२ गते ५ लाखको बिमा गरेका थियो । उनको मृत्यु २०७९ साल मंसिर २२ गते भएको थियो ।

कार्यक्रममा प्रदेश प्रमुख मिलन दाहाल साथै ताप्लेजुङ शाखाका अभिकर्ताहरुको उपस्थिति रहेको थियो । मृतककी श्रीमती राईलाई प्रदेश प्रमुख दाहालले चेक हस्तान्तरण गर्नु भएको थियो । प्राप्त रकमले आफ्ना परिवार चलाउन थप टेवा पुग्ने भएकाले राईकी श्रीमतीले कम्पनीप्रति आभार प्रकट गर्दै सबै नागरिकले बिमा गर्न आवश्यक रहेको महसुस भएको समेत बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!