२१ जेठ, ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका ४ लिङ्तेपमा आइतबार एक घर जलेर नष्ट भएको छ । स्थनिय श्रीमान लिम्बुको घरमा करिब दिउँसो २ बजे आगलागी भएको हो । घरमा कोहि नभएको बेला आगलागी भएका कारण केही पनि निकाल्न नपाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
स्थानिय , गाउँपालिकाका कर्मचारीहरु र प्रहरीको टोली घटना स्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो ।
पीडित परिवारलाई गाउँपालिकाबाट अवस्था हेरि प्रारम्भिक राहत वितरण गर्ने गाउँपालिकाले जनाएको छ । आगलागीको कारण भने खुल्न नसकेको जनाइएको छ भने क्षतिको विवरण आउन बाकी रहेको छ ।







