१६ फाल्गुन, ताप्लेजुङ
नेपाल मगर संघको ३९ औ स्थापना दिवस ताप्लेजुङमा पनि शनिबार विविध कार्यक्रम गरि मनाईएको छ । पहिचान र अधिकार सहितको संघीयता आदिवासी जनजातीको अडान, अपुरो र अधुरो संविधान संशोधनका लागि हाम्रो साझा अभियान भन्ने मुल नाराका साथ शनिवार फुङलिङ बजारमा द्धिप प्रज्वलन गरि मनाइएकोे जिल्ला अध्यक्ष गणेश बहादुर मगरले बताउनुभयो ।

फुङलिङ नगर कार्य समितीद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै फुङलिङ नगर समितीका अध्यक्ष अनुशा आले मगरले आगामी वर्षमा भव्य र सभ्य रुपमा स्थापना दिवस मनाउने बताउनुभयो ।

कार्यक्रममा मगर जातीय भेषभुषामा मगर समुदायको उपस्थिती रहेको थियो । कार्यक्रममा जिल्ला कोषाध्यक्ष खिन बहादुर मगर , फुङलिङ नगरसमिती सल्लाहकारद्धय सागर मगर, अम्बिका मास्की मगर लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय