९ जेष्ठ, ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका जनप्रतिनिधिहरुले एक वर्षे कार्यकालको उपलब्धी सार्वजानिक गरेका छन् । स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो १ वर्षे कार्यकालको उपलब्धीहरु सार्वजनिक गर्न सुरु गरेको छ ।
निर्वाचनको समयमा मतदाताहरु समक्ष भोट माग्न जाँदा गरेका बाचा कवुल र वचनहर के कत्ति गर्न सकियो भन्दै मेरिङ्देन गाउँपालिकाका जनप्रतिनिधिहरुले ती उपलब्धीहरु सार्वजनिक गर्न सुरु गरेको हो ।
ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका अध्यक्ष डम्बर हाङ्गामले आफ्नो नेतृत्वको १ वर्षे कार्यकालको उपलब्धि सार्वजनिक गरेको हुन् । आफ्नो सामाजिक संजालबाट आफुले गरेका एक वर्षे कार्यकालको उपलब्धि सार्वजनिक गरेको हो ।
स्थानीय निर्वाचन २०७९ बाट कार्यभार सम्हालेयता गाउँपालिका मार्फत भएका भौतिक पूर्वाधार विकास, आर्थिक विकास क्षेत्र, वातावरण तथा विपद् व्यवस्थापन क्षेत्र, सुशासन तथा संस्थागत विकास, सामाजिक तथा धार्मिक विकास लगायतका क्षेत्रमा गरेका कामहरुको बारेमा बुँदागत रुपमा जानकारी गराएका हुन् ।
हेर्नुहोस् महत्वपूर्ण उपलब्धिहरु:


















