ताप्लेजुङमा राष्ट्रिय स्वतन्तत्र पार्टी (रास्वपा)को सम्पर्क कार्यालय स्थापना भएको छ ।

सदरमुकाम फुङलिङस्थित तोक्मेडाँडामा रास्वपाका केन्द्रिय महामन्त्री मुकुल ढकाल, केन्द्रिय अनुशासन समिति सदस्य यज्ञमणि न्यौपाने, प्रदेश महामन्त्री लालबिक्रम थापा, प्रदेश प्रवक्ता कमलबाबु मैनालीको उपस्थितिमा सम्पर्क कार्यालय स्थापना गरिएको हो । कार्यालय उद्धघाटनपछि सामुदायिक भवन सिटि हलमा रास्वपाले स्थानीयसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम समेत गरेको छ ।
मेरिङदेन गाउँपालिका बोहकका ८ ओटा पालिकाको सम्पर्क व्यक्ति समेत तोकिएको छ । फुङलिङ नगरपालिकाको लागि राजनकुमार गुरुङ, पाथीभरा याङवरक गाउँपालिकाको लागि सरन तामाङ, सिरीजंघा गाउँपालिकाको लागि भुवानी दाहाल, मिक्वाखोला गाउँपालिकाको लागि दिपक थापा र सुर्य बस्नेतलाई सम्पर्क व्यक्ति तोकिएको राष्ट्रिय स्वतन्त्र पार्टी ताप्लेजुङले जनाएको छ । यस्तै फक्ताङलुङ गाउँपालिकाको लागि सुरेन्द्र कार्की, मैवाखोलाकोमा प्रेम लिम्बु, आठराई त्रिवेणीमा शान्तिराम चुडाल र सिदिङवा गाउँपालिकामा सुजन राई सम्पर्क व्यक्ति तोकिनु भएको छ । मेरिङदेन गाउँपालिकाको भने सम्पर्क व्यक्ति व्यक्ति छनोट हुन बाँकी रहेको छ ।

यस्तै जिल्लाका संयोजक र सहसंयोजक भने आगामी जेठ १३ गतेसम्ममा टुङ्गो लाग्ने बताइएको छ । जिल्लाको संयोजक र सहसंयोजक हुनका लागि प्रदेश कमिटी सदस्य अनिवार्य हुनै पर्ने व्यवस्था रहेको छ । प्रदेश कमिटीमा मनोनित भए पश्चात जिल्लाको संयोजक र सहसंंयोजक तोकिने तयारी भईरहेको रास्वपा ताप्लेजुङले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!