ताप्लेजुङ- मैवाखोला गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा सहचालकको घटनास्थलमै मृत्यू भएको छ । मृत्यू हुनेमा फक्ताङ्लुङ गाउँपालिका वडा नं ३ सिँवाका सन्दिप तामाङ रहेका छन् ।
विहिबार राति मैवाखोला गाउँपाकिला १ तेल्लाबुङतर्फ बालुवा लिएर जाँदै गरेको को २ त ७८७७ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता प्रहरी निरिक्षक कुशराम कार्कीले जानकारी दिए ।
चालक मिक्वाखोला गाउँपालिका १ का कुशल लिम्बू भने दुर्घटनापछि फरार रहेका छन् । दुर्घटनाका विषयमा थप अनुसन्धान भईरहेको बताईएको छ ।







