१४ फाल्गुन , ताप्लेजुङ।
ताप्लेजुङमा शुक्रबार करिब ३:३० बजे ट्याक्टर दुर्घटना भएको छ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका वाड न. ८ ट्याक्टर दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख रोहित थापाले जानकारी दिनुभएको छ। सदरमुकाम फुङ्लिङ बाट काबेली तर्फ जाँदै गरेको को २ त ९२७० नम्बरको ट्याक्टर मेची राजमार्ग अन्तर्गत बहान्दे सडक खन्डमा दुर्घटना भएको थियो। ब्रेक फेल भै अनियन्त्रित भएको ट्याक्टरको ट्रली सडक खन्डबाट पल्टेर सडक बाहिर पुगेको थियो। दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी जवान भिम खत्रीले जानकारी दिनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय