ताप्लेजुङ । ताप्लेजुङको तेल्लोकमा फेला परेको शवको पहिचान खुलेको छ । मंगलबार बिहान सिरिजंघा गाँउपालिका ४ तेल्लोकको खोला खर्क नजिकै घिमिरे खोलामा फेला परेको शवको पहिचान खुलेको हो । सो शव सोहि ठाउँको साविक २ नम्वर वडा वस्ने ६७ वर्षीय लीलाराज पराको रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी राजन लिम्बुले जानकारी दिनुभयो ।

गत ७ गते परेको हावाहुरि सहितको भिषण वर्षा संगैको भेलमा परि हराइरहेका पराको शव आज विहान स्थानियहरुले घाँस काट्न जाने क्रममा फेला पारेका थिए । तेल्लोकका वडाध्यक्ष रुपदास भट्टराइका अनुसार सव सडेको अवस्थामा फेला परेको थियो । स्थानियले शव भेट्नासाथ प्रहरीलाइ खवर दिएपछी घटनाको स्थलगत अध्ययन गर्न इलाका प्रहरि कार्यालय तेल्लोकको टोलि खटीएको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!