बैसाख ११ गते । फुङलिङ नगरपालिका–६ की प्रमिला गुरुङ कुनै न कुनै व्यवसाय गर्ने सोचमा थिईन् । तर हातमा न सिप थियो । न त व्यवसायिक ज्ञान नै । लगानी त जसोतसो जुट्थ्यो होला । तर कुन सिप सिक्ने र कुन व्यवसाय गर्ने भन्नेमा अनिर्णित थिईन् । ‘ढुङ्गा खोज्दा देवता मिल्यो’ भन्ने नेपाली उखानको झल्को दिनेगरि वडाबाट ब्यूटी पार्लर तालिमको अवसर जुर्यो । त्यो पनि एक महिनाको । ब्यूटी पार्लर व्यवसाय प्रमिलाका लागि रुचीको व्यवसाय पनि हो । किनकी कम लगानी र सानो कोठाबाटै व्यवसाय गर्न संम्भव छ । ब्यूटीपार्लर व्यवसाय गर्नेहरुमध्ये कमैले मात्र छोडेका छन् । नत्र अधिकाँशको पार्लर फस्टाएकै छ । उनले भनिन्,‘वडाअध्यक्ष तेज गुरुङ (मदन) लाई धन्यबाद ! हामीजस्ता यूवाका लागि वडाले कार्यक्रम समावेश गरेको पाइयो ।’ सिप सिकेर भविष्यमा आफ्नै ठाउँमा व्यवसायी हुने उनको योजना छ । उनले थपिन्,‘वडाले गरेको लगानी खेर जान दिन्न । सिकेको सिप व्यवहारमा उतार्न सक्छु ।’

रेखा मग्रान्तिले सिलाई बुनाई तालिम सुरु गरेकी छिन् । अब उनले १ महिनासम्म सिप सिक्नुपर्नेछ । मग्रान्तिले भनिन्,‘हातमा सिप हुँदा आम्दानी हुन्छ । नभए केही न केही । त्यही भएर तालिममा आएकी हुँ ।’ उनीसँगै हरु ४ जना साथीहरु पनि सिप सिक्न व्यस्त छन् । ठीक यहि बेला वडामा रैथाने खेती सम्बन्धि तालिम सुरु भएको छ । स्थानिय उत्पादन आलु,मकै,गहुँ,जौ र भटमास लगायत बालीको महत्वबारे तालिममा जानकारी गराउने गरिएको छ । रैथाने खेतीप्रति प्रेरित गर्नु कार्यक्रमको मुख्य उदेश्य हो । वडाअध्यक्ष गुरुङले भने,‘स्थानियको मागको आधारमा कार्यक्रम ल्याएका हौ । स्थानियकै मागअनुसार कार्यक्रम ल्याउँदा सम्बन्धितमा अपनत्वको भावना जागृत हुन्छ ।’ लगानी,बालुवामा पानी भन्ने हुन नदिन जनप्रतिनिधि र कर्मचारी सचेत छन् । कार्यक्रम संञ्चालन भएपछि अनुगमनमा उत्तिकै ध्यान दिने वडाको योजना छ । वडाअध्यक्ष गुरुङले भने,‘उद्यमी कसरी उत्पादन गर्ने भन्नेमा छौ । उपलब्ध स्रोत र साधनको प्रयोगबाट उद्यमी उत्पादन गर्न कोसिस गर्छौ ।’

व्यूटी पार्लर,सिलाई बुनाई र रैथाने खेतीको तालिम आयोजकको जिम्मेवारी समुदाय परिचालन तथा विकास मंञ्चले पाएको छ । मंञ्चका अध्यक्ष खगेन्द्र गुरुङका अनुसार तालिममा आवश्यक सामाग्रीमा कन्जुस्याँई गरिएको छैन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!