१४ चैत्र, ताप्लेजुङ । नेपाल नेत्र ज्योति सङ्घको ४५ औँ स्थापना दिवसको अवसरमा ताप्लेजुङ जिल्लाका ४१ जना सञ्चारकर्मीको निःशुल्क आँखा परीक्षण गरिएको छ।
स्थानीय सञ्चारमाध्यम रेडियो, पत्रिका र अनलाइन सञ्चारमाध्यममा आबद्ध सञ्चारकर्मीले आँखा परीक्षण गराएका हुन् ।
स्थानीय पत्रकार तथा सञ्चारकर्मीका साथै नेत्र ज्योतिकर्मीहरू समेतको आँखा परीक्षण गरिएको नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङका सचिव खगेन्द्र अधिकारीले जानकारी बताउनु भयो ।

सचिव अधिकारीका अनुसार आँखा परीक्षणसँगै निःशुल्क चस्मा र औषधि वितरण पनि गरिएको छ । आवश्यक चस्मा लगाउनुपर्ने भएकालाई निःशुल्क चस्मा वितरण गरिएको उहाँले बताउनुभयो ।
प्रविधिको विकाससँगै लामो समय कम्प्युटर लगायतका उपकरणको प्रयोगले पत्रकारहरुमा आँखाको स्वास्थ्य समस्या हुने र यसलाइ समाधान हुने भन्दै आफ्नो स्थापना दिवसको अवसर पारेर शिविर संचालन गरिएको सचीव अधिकारी बताउनुभयो ।
फुङ्लिङस्थित डिचेन डोङ्ला स्मारक आँखा उपचार केन्द्रमा सञ्चालन गरिएको आँखा जाँच कार्यक्रममा उपचार केन्द्रकै प्राविधिक सहयोग रहेको थियो । आँखा उपचार केन्द्रका क्लिनिक इन्चार्ज काजी गुरुङ र क्लिनिक कर्मचारी काजी थेबेले सहभागीहरूको आँखा परीक्षण गर्नुभएको थियो ।








