८ चैत्र, ताप्लेजुङ । फुङलिङ नगरपालिका ७ का ५० जना कृषकहरुलाई तरकारी उत्पादनका लागि टर्नेल वितरण गरिएको छ । वडाध्यक्ष योगेन्द्र प्रसाद निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकत तिलोचन रिमालले स्वास्थ्य मान्छेले सधै के गरौं भन्ने सोच्ने तर अस्वस्थ्य मान्छेले कसरी स्वस्थ्य हुने भनेर सोच्ने भएकाले टनेलमा स्वस्थ्य तरकारी उत्पादन गर्न आग्रह गर्नुभयो ।

नगर प्रमुख अमिर मादेनले धेरैले टनेल लैजाने तर प्रयोग गरेको नपाइएकोले कडाइका साथ अनुगमन गर्ने वताउनु भयो । टर्नेल वेचेर रक्सी खाएको पाइएकोले टनेल लगेर गाइगोठमा लगाइए कडा कारवाही गरिने बताउनु भयो ।’ हाम्रो मान्यता तरकारी उत्पादनमा हरेक व्यक्ति आत्मनिभर बनुन् भन्ने हो त्यसैले सरकारको वजेट जे गरेपनि हुन्छ भनेर दुरुपयोग नगर्नु होला’ मेयर मादेनले भन्नुभयो ।

कृषि सम्बन्धी प्राविधिक नगरपालिकामा भएको तर कृषकले उपयोग नगरेको गुनासो मादेनको छ । यहाका प्राविधिकले नसके हायर गरेर भएपनि प्राविधिक ल्याउछौं; मादेनको कथन ; तर किसानले गर्नुचाही पर्यो’ । वडाध्यक्ष निरौलाले वडासदस्य र कर्मचारीले घरघरमा पुगेर प्रयोग भए नभएको अनुगमन गर्ने दावी गर्नुभयो ।

वडाले गुणस्तरिय सामान ल्याएर वितरण गरिएको वताउनु भयो । वडा सचिव यज्ञ भारतीले डाडाभाटा गर कालाई मात्रै वितरण गरिएको वताउनु भयो । विश वाई चालिसको टर्नेला कोटेसन गरेर ल्याइएको हो।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!