७ चैत, ताप्लेजुङ । पाथीभरा दर्शन गरेर फर्किएका एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापाको बिर्तामोड नगरपालिका २ चारपानेका ४७ वर्षीय शिवमाया गौतम रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार उनको आज बिहान करिब २ बजे निधन भएको हो । गौतम मन्दिरको दर्शन गरेर फेदीमा बास बसेका थिए । बिहान शौचालय गएको र धेरैसमय सम्म पनि नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा लडेको अवस्थामा उनलाई फेला पारिएको प्रहरीले बताएको छ ।

प्रहरी निरीक्षक कार्कीको टोलि अहिले घटस्थालमा पुगेर शवको कानुनी प्रक्रिया सुरु गरेका छन् । शवको मुचुल्का पछि पोष्टमार्टम गरिने प्रहरीको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!