ताप्लेजुङ । कांग्रेस ताप्लेजुङको प्रवक्तामा गणेश सिग्देलले जिम्मेवारी पाएका छन् ।
सभापति गजेन्द्र तुम्याहाङले शनिबार सिग्देललाई पार्टीको प्रवक्तामा नियुक्त गरेका हुन् ।
तुम्यहाङको सचिवालयले पार्टीको प्रवक्तामा सिग्देल , शिक्षा बिभागमा शिला इजम र विद्यार्थी बिभागमा सुरेन्द्र बस्नेतलाइ नियुक्त गरिएको जनाएको छ ।
विधानअनुसार सभापतिले पार्टीको प्रवक्ता नियुक्त गर्न पाउने व्यवस्था छ । त्यहीअनुसार तुम्याहाङले ३ जनालाइ नियुक्त गरेको बताइएको छ।








