काठमाडौँ । मेडिकल व्यवसायी समेत रहेका दुर्गा प्रसाईले बानेश्वरमा शक्ति प्रर्दशन गरेका छन् । हिन्दू राष्ट्र, राजसंस्था स्थापना, बैंक तथा वित्तिय संस्थाको नियन्त्रण लगायतका माग राख्दै शनिवार उनले शक्ति प्रर्दशन गरेका हुन ।
यसअघि प्रसाईले सोही एजेण्डा लिएर झापाबाट मेची महाकाली अभियान सञ्चालन गर्दै कञ्चनपुरसम्म अभियान सञ्चालन गरेका थिए ।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई झापामा भेटेपछि प्रसाईले यो अभियान सुरु गरेका हुन् । उनको यो अभियानलाई राजावादी तथा हिन्दू राष्ट्र नेपालका पक्षधरहरुले साथ दिएका छन् । साथै राप्रपाका तल्लो तहका कार्यकर्ताहरुपनि यो अभियानमा सहभागी भएका छन् ।
बानेश्वरमा कार्यक्रम हुनुअघि भएको र्यालीमा सहभागीहरुले राजसंस्था स्थापना, हिन्दू राष्ट्र स्थापना, २०४७ सालको संविधानको कार्यान्वयन लगायतका माग गरेका छन् ।







