ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको केन्द्र तापेथोकमा आजदेखि मोतियाविन्दुका विरामीको निशुल्क शल्याक्रिया हुँदैछ ।

गत फागुन ८ गतेदेखि फक्ताङलुङ गाउँपालिकाको विभिन्न स्थानमा सञ्चालन भएको शिविरबाट छनोट भएका करिब ९३ जनाको आँखाको निशुल्क शल्याक्रिया गर्ने तयारी भईरहेको गाउँपालिका अध्यक्ष राजन लिम्बु मुक्तिका स्वकीय सचिव दिलकुमार पतङवाले जानकारी दिनुभयो । उहाँका अनुसार आज र भोलि शल्यक्रियाको व्यवस्था गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ नेत्र रोग विशेषज्ञ ड. सन्दुक रुइत सहितको टोलिले शल्याक्रिया गर्दैछ ।

यस्तै हिजोबाट तापेथोक बगरको स्वास्थ्य चौँकी मा सुरु भएको शिविर आज पनि जारी रहने छ । हालसम्म विभिन्न ६ स्थानमा सञ्चालन भएको शिविरबाट करिब साढे १८ सय बढीको आँखाको परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ । जिल्लाको दुर्गम क्षेत्रमा फक्ताङलुङ गाउँपालिकाको पहलमा निशुल्क आँखा शिविर सञ्चालन गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!