ताप्लेजुङ । पौष १६ गतेदेखी शुरु भएको सिरीजङ्घा गाउँपालिकाको आठौँ गाउँ सभा अधिवेशन आज सम्पन्न भएको छ ।

चालू आर्थिक वर्ष २०७७÷०७८ को आयोजना तथा कार्यक्रममा केही संशोधन गर्दै गाउँ सभा अधिवेशन सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । गाउँ सभा वडा नम्बर १ सिनाम, वडा नम्बर ४, तेल्लोक र वडा नम्बर ८, याम्फुदिनको वडा कार्यालयको प्रशासकीय भवन एक वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने गरि ठेक्का प्रकृया अघि बढाउने निर्णय गरेको छ ।

यस्तै सिरीजङ्घा गाउँपालिका र सिदिङ्वा गाउँपालिकाको सिमानामा रहेको (बाकेटार) तावाखोलामा यसै आर्थिक वर्षदेखि निर्माण कार्य अघि बढाउने गरी मोटरेवल पुल निर्माण गर्न वहुवर्षीय आयोजना स्वीकृत गर्ने, पर्यटन पुर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रममा समावेश वडा नम्बर ८ याम्फुदिनको आम्जी खोलाबाट नयाँ झोरेनी, तुप्लुङ, दुन्दुडाडा, नगर्चा, चैराम हुँदै कन्चनजङ्घा बेस क्याम्प जाने साहसिक पदमार्ग निर्माण आयोजना सन्चालन प्रकृया अघि बढाउने, “कन्चनजङ्घाको पानी, हाम्रो आम्दानी“ अभियानलाई कार्यान्वयनमा लैजान यसै आर्थिक वर्षमा विस्तृत परियोजना प्रतिवेदन तयारी गर्ने र प्रस्तावित १० शैयाको तेल्लोक आधारभूत अस्पताल, गाउँ कार्यपालिकाको कार्यालय र याम्फुदिन स्वास्थ्य चौकीका लागि नपुग जग्गा “जग्गा प्राप्ति ऐन, २०३४“ बमोजिम मुआब्जा दिई अधिग्रहण गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय