काठमाडौं। नेकपाका उपाध्यक्ष वामदेव गौतमले संसद विघटनविरुद्ध अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालेको कदम सही सावित भएको बताएका छन्। अब पार्टी एकीकरणको सबैभन्दा बढी पहल पनि प्रचण्डले नै गर्नुपर्ने गौतमले बताए।

‘उहाँले (प्रचण्डले) चाल्नुभएको कदम सही सावित भएको छ। केपी ओलीले चाल्नुभएको कदम गलत सावित भएको छ र त्यो असंवैधानिक छ भनेर भन्ने छ। यस्तो अवस्थामा फेरि पुनः पार्टी एकीकरणको निम्ति प्रचण्डले भूमिका खेल्नुपर्ने हो,’ न्युज एजेन्सी नेपाल एनएएनसँग कुरा गर्दै गौतमले भने।

उनले अगाडि भनेका छन्, ‘सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको यो निर्णयले नेपालको संविधानको संरक्षण गरेको छ। यो निर्णयले नेपाली जनताको सार्वभौम अधिकारलाई पुनःस्थापित गरेको छ। यसले स्वेच्छाचारी तरिकाले मनपरी जे मन लाग्यो त्यही गर्दै हिँड्न पाइँदैन भनेर अनुशासन बोध पनि गराएको छ। त्यसैले यो निर्णय नेपालको संविधान बमोजिम, नेपालको संविधानको मर्म र भावना बमोजिम र हामीले निर्माण गरेको संविधानको अक्षरसँग पनि सम्बन्धित बनाएर निर्णय भएको छ।’

संसद विघटन गर्ने ओलीको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरिसकेकाले अब ओलीले पार्टीमा आत्मालोचना गर्दै तुरुन्तै राजीनामा गर्नुपर्ने उनले बताए। ‘प्रधानमन्त्री ओलीले चाल्नु भएको कदम असंवैधानिक भइसकेपछि आफूलाई सच्याउनको निम्ति राजीनामा तुरुन्तै गर्नुपर्छ। हिजै राजीनामा गर्नुपर्थ्यो,’ गौतमले भने, ‘मैले गल्ती गरेको थिएँ, म आफूलाई सच्याउन चाहन्छु त्यसैबापत मैले राजीनामा गरिसकेको छु र अब नयाँ किसिमले एकताबद्ध भएर अगाडि बढौं भनेर उहाँले भन्नुपर्छ।’

उनले थपे, ‘केपी ओलीले असंवैधानिक काम गर्नुभयो तर असंवैधानिक काम गरेपछि सर्वोच्च अदालतले त्यसलाई सुधार गरिसक्यो। उहाँको कदम असंवैधानिक छ भनिसकेपछि उहाँले पार्टीमा फर्केर आएर आत्मालोचना गर्नुपर्छ। मैले यस्तो गरेँ त्यसको सजाय सर्वोच्च अदालतको संवैधानिक इजलासले दिइसकेको छ अव म आत्मालोचना गर्दै एकीकृत पार्टीमा आउँछु र अरुहरुपनि हामी एकीकृत पार्टीलाई अगाडि बढाउनको निम्ति लागौं भनेर उहाँले भन्नुपर्ने हो। उहाँले त्यो भनेको अहिले सम्म मैले सुनेको छैन।’

प्रधानमन्त्रीले आफूले चालेको कदम असंवैधानिक भइसकेपछि तुरुन्तै राजीनामा दिएर आफूलाई सच्याउनु पर्ने गौतमको भनाई छ। उनले भने, ‘हिजै राजीनामा गर्नुपर्थ्यो। सर्वोच्च अदालतको निर्णय बाहिर आउने बित्तिकै राजीनामा गर्नुपर्थ्यो अहिलेसम्म पनि उहाँले राजीनामा गर्नुभएको छैन। म फेरी पनि यही सूचना केन्द्रबाट भन्न चाहन्छु उहाँले तुरुन्तै राजीनामा गर्नुहोस्। राजीनामा गरेर पार्टी एकताको आव्हान गर्नुहोस्। मैले गल्ती गरेको थिए म आफूलाई सच्याउन चाहन्छु त्यसबापत मैले राजीनामा गरिसकेको छु र अब नयाँ किसिमले एकताबद्ध भएर अगाडि बढौं भनेर उहाँले भन्नुपर्छ।’

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय