५ फागुन। एक दिने निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिल्ला पशु सेवा कार्यालय पाचथरको आयोजनामा एक दिने निशुल्क पशु स्वास्थ्य शिविर मैयाखोला गाउँपालिका वडा नम्बर १ ढुङ्गेसाघुमा सम्पन्न भएको हो । उक्त शिविरमा बाखा्र, कुखुरा, गाई, भैँसी र बंगुर लाई निःशुल्करुपमा उपचार औषधी वितरण गरिएको छ ।

शिविरमा चार सय पशुहरुको मेडिकल उपचार गरिएको थियो भने ८ पशुलाई बन्ध्याकरण समेत गरेको वाड अध्यक्ष चन्द्रबहादुर तामाङले जानकारी दिए । त्यस्तै १५ ओटा कुकुरलाई रेविजविरुद्धको भ्याक्सीन लगाइएको छ । यसैगरी शिविरमा १०० भन्दा बढि घरधुरी शिविरमा पशुहरु लिएर सहभागी भएका थिए ।

भेट्नरी अस्पताल तथा विज्ञ केन्द्र अन्र्तगत सम्पर्क केन्द्र ताप्लेजुङको २०७९. ८० को बजेट बाट १ लाख रुपैयाँमा उक्त रिबिर सञ्चालन गरिएको वडा अध्यक्ष तामाङले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!