काठमाडौँ । खाना पकाउन प्रयोग हुने ग्यास सिलिन्डर विस्फोट हुँदा नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारी घाइते भएका छन् । बुद्धनगरस्थित निवासमा बुधबार राति ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी ८७ वर्षीय आमा हरिकला भण्डारी घाइते भएको भण्डारीको सचिवालयले जानकारी दिएको छ ।

अहिले उनीहरूको कीर्तिपुर अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ । भण्डारीको शरीरको २५ प्रतिशत भाग र आमाको ७० प्रतिशतभन्दा धेरै भाग जलेको बताइएको छ ।

सिलिन्डर राति करिब १० बजेतिर विस्फोट भएको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!