फिदिम । मोरङको लेटाङबाट पाँचथरको मिक्लाजुङ गाँउपालिका स्थित ससुराली घर हिडेका एक पुरुषको जंगलमा लडेर भएको छ ।

लेटाङ नगरपालिका ८ खैरेनीका ७३ बर्षीय हस्तबहादुर लिम्बूको पाँचथरको मिक्लाजुङ ७ गैरीगाँउस्थित जंगलमा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमती सरिता र दुई बच्चासहति ससुराली घर जाने क्रममा लिम्बू जंगलबाट लडेर बेपत्ता भएका थिए ।

सरिताले श्रीमान लडेर बेपत्ता भएको स्थानीयलाई भनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय खान्द्रुङबाट खटिएको प्रहरी टोली र स्थानीयले खोजि गर्दा लिम्बूलाई जंगलमा मृत अवस्थामा भेटिएको हो ।

घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!