
७ माघ, ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका १० फुरुम्बुमा ३ दिनदेखि बेपत्ता भएका बृद्ध मृत अवस्थामा भेटिएका छन् ।
गत माघ ४ गतेदेखि बेपत्ता भएका ५९ वर्षीय टंक बहादुर नुगो लिम्बू (मदि साईला) हिजो दिउँसो (शुक्रबार) मृत अवस्थामा भेटिएको वडाध्यक्ष सन्तोष नुगोले जानकारी दिनुभयो । उहाँका अनुसार बाटोदेखि करिब ३ सय मिटर भन्दा तलको भीरमा लिम्बूलाई मृत अवस्थामा फेला पारिएको हो ।
यता जिल्ला प्रहरी कार्यलय ताप्लेजुङको टोली घटनास्थल पुगेर कानुनी प्रक्रिया पुरा गरी शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याउने तयारी भईरहेको सूचना समन्वय अधिकृत तथा प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिनुभयो ।