फागुण १२ काठमाण्डौं । पार्टी भित्रको आन्तरीक विवादका कारण पुष ५ मा संसद विघटनको निर्णय र सिफारीस गर्ने प्रधानमन्त्री केपी शर्मा ओली र त्यसलाई स्वीकृत गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी संसद पुनस्थापनाको निर्णयसँगै अब अप्ठ्योमा पर्न सक्ने आकंलन शुरु भएको छ ।
सामाजिक सञ्जालहरु मार्फत नेताहरुले प्रधानमन्त्रीको राजीनामा माग्न शुरु गरीसकेका छन् । फैसला आए लगत्तै नेताहरुले राजीनामाको माग गर्न थालेका हुन् ।
प्रतिनिधिसभा पुनर्स्थापना भएसँगै अब प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प अब संसदबाटै खोज्नुपर्ने भएको छ । संविधानको धारा ७६ ले मन्त्रिपरिषद गठनको प्रक्रियाहरुलाई व्यवस्थित गरेको छ । सो धाराको उपधारा ९१० अनुसार राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषदको गठन हुनेछ ।
यसरी हेर्दा अब सबै भन्दा पहिला दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपदस्त गर्ने प्रकृया थाल्ने अनुमान गरिएको छ ।
त्यस पछि प्रधानमन्त्रीको असंवैधानिक कदमलाई साथ दिएको भन्दै राष्ट्रपति विरुद्ध समेत महाअभियोग लगाउने दिशामा दलहरु अघि बढ्न सक्ने बताईएको छ ।
यसले नैतिक रुपमा निर्वाचनको तयारी र संसद पुनस्थापना नहुने दाबी गरीरहेका प्रधानमन्त्री ओली कमजोर भएको टिप्पणी शुरु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय