फुङ्लिङ नगरपालिका वाड नम्वर ३ को नवकिरण युवा क्लवद्धारा आगलागी पीडितलाई राहत वितरण गरेको छ। फुङ्लिङ नगरपालिका वाड नम्वर ३का आगलागी पीडित बलबहादुर विकलाई राहत वितरण गरिएको हो। नवकिरण युवा क्लवका युवाहरुले पीडितको घरमै पुगेर राहत वितरण गरेका हुन्।

आइतवार पीडित विकको घरमा आगलागी हुँदा घर पूर्णरुपमा जलेर नष्ट भएको थियो।

क्लवका सदस्य सन्तोष शेर्पाका अनुसार सिरक १ थान, सिरानी २ थान, डस्ना २ थान, न्यानो कपडा, टोपी पञ्जा लगायत खाद्यन्य सामग्री वितरण गरिएको हो ।

आगलागी पीडित विकको परिवार आजभोलि आफन्तको घरमा बस्दै आएका छन्। आगलागीबाट १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। नगद तथा जिन्सी सामान लगायत गहना, अन्नपात तथा लुगाफाटो सहित पुरै जलेको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय