२८ पौष, ताप्लेजुङ। ताप्लेजुङको फुङ्लिङ नगरपालिका वाड न. २ बोझेमा हर्कमान दिललमाया शङ्खर स्मृती प्रतिष्ठान छात्रबृती अक्षयकोषबाट बिहिबार २० विद्यार्थीहरुलाई छात्रबृती बितरण गरेको छ ।

शान्ती आधारभुत विद्यालय स्थापित १ लाखको अक्षयकोषको ब्याजबाट छात्रबृती बितरण गरिएको हो । एक कार्यक्रम बिच छात्रवृत्ति वितरण गरेको विद्यालयका प्रधानाध्यापक खगेन्द्रकुमार कार्कीले जानकारी दिनुभएको छ ।

कक्षा २ देखि ७ सम्मका कक्षा प्रथम, दितिय र तृतिय हुने साथै बिधालयका उत्कृष्ट अङ्क ल्याउने २ जना बिधार्थीलाई शैक्षिक सामाग्री बितरण गरिएको हो।

कार्यक्रम फुङ्लिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको प्रअ कार्कीले बताउनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय