नुवाकोट,पुस २७ गते । घरमा आफ्नी श्रीमतीलाई घाइते बनाएर फरार भएका एक युवक एक दिनपछि मृत फेला परेका छन् ।

उनको हत्या आशंकामा प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ। ककनी गाउँपालिका-२ चित्रेका ३९ वर्षीय काले भन्ने माइला तामाङले घरायसी विवादको कारण आफ्नै श्रीमती ३५ वर्षीया निरमायालाई धारिलो हतियार (बन्चरोले) टाउकोमा प्रहार गरी घाइते बनाई फरार रहेकामा माइलाको शव एक दिनपछि फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

माइला तामाङको खोजी कार्य भइरहेकोमा मंगलबार ककनी गापा-१ नयाँ बस्ती स्थित चाउथे जाने भित्री कच्ची सडकमा मृत अवस्थामा फेला परेका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए। उनका अनुसार हत्या आशंकामा २ जनालाई पक्राउ गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय