फिदिम नगरपालिका वडा नं.- ८ घुमाउनेटार निवासि मेघ बहादुर गुरूङकाे घरमा मिति२०७९साल पौष १८ गते राती १२:४५ बजे विधुत सटभइ आगलागी हुदा मेघबहादुरको कान्छी छोरी ममता गुरूङ तथा कान्छि बुहारी अाशासिड थेबे गुरूङकाे जलेर दुखद निधन भएकाे छ ।
घरमा ७ जनाकाे परिवार रहेकाेमा ५ जनाकाे उद्वार गरि प्राथमिक उपचार गरिएकाे छ ।
फिदिम नगरप्रमुख मित्रप्रसाद काफ्ले, उप प्रमुख राधाकृष्ण न्याैपाने, प्रमुख जिल्ला अधिकारी गोविन्द गैरे,dsp हरि खतिवडा , सुरक्षाकर्मी सहितकाे टाेलि स्थलगत अवस्थामा पुगि दमकलकाे सहायताले विहान ४ बजे अागाे नियन्त्रण गरिएकाे छ । सो आगलागीबाट २ जनाको मानविय क्षती भएको छ भने नगद ७ लाख,सुनचॉदी ,अन्न,कताकपडा ,टेलिभिजन सहित करीव ५० लाखको क्षती भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

यसैविच आजै विहान आगलागी पिडित परिवारलाइ पुर्व रानिटार गाविस उपाध्यक्ष भुविक्रम गरुडको घरमा राखिएको छ भने फिदिम नगरपालिका कार्यलयको तर्फबाट नगरप्रमुख मित्र काफ्लेले प्रारम्भिक राहतस्वरुप २५ हजार रुपैयॉ , चामल,चिनी,खानेतेल,नुन,सावुन पिडित परिवारलाइ हस्तान्तरण गर्नु भएको छ । यसैगरी पॉचथर उद्योग बाणिज्य संघले चामल,दाल,तेल,मुरै एवं नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पॉचथरले राहत सामग्री सेट रेडक्रस शाखाका अधिकृत गुरु तिमल्सेनाले घटना स्थलमै पुगी राहत वितरण गर्नु भएको छ भने जिल्ला प्रशासन कार्यलको तर्फबाट मृतकका परिवारलाइ २ लाख सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी गोविन्द गैरेले जानकारी दिनुभएको छ ।यसरी आगलागी पिडित परिवारलाइ थप राहतको ब्यवस्था गर्न वडाअध्यक्ष सोमबहादुर गुरुडको नेतृत्वमा काम सुरु गरिएको हाम्रा समाचारदाता राम प्रसाद बॉस्कोटाले जानकारी दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय