पुस १७ गते । तरुण भारती । पाँचथरमा पहिलो पटक एक शिशुको हर्नियाको सफलतापूर्वक शल्यक्रिया गरिएको छ । फालेलुङ गाउँपालिका–७ का २२ महिने शिशुको जिल्ला सदरमुकाम फिदिमस्थित गणेशमान सिंह सामुदायिक अस्पतालमा पौष १४ गते शल्यक्रिया गरिएको हो । अस्पतालका सर्जन डा. प्रयास न्यौपानको नेतृत्वमा शिशुको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । डा. न्यौपानेसहित एनेसथेसियोलोजिस्ट डा. विकास बराल र एनेसथेसियोलोजिस्ट डा. रस्ना शाक्यको समूहले शिशुमा रहेको हर्नियाको सफलतापूर्वक शल्यक्रिया गरेको अस्पतालका शल्यक्रिया विभाग प्रमुख सागर ढुंगेलले बताए । शिशुको शल्यक्रियाका लागि कौडल एनेसथेसिया (आधा शरीर मात्र लट्याउने) विधि प्रयोग गरिएको एनेसथेसियोलोजिस्ट डा. बरालले बताए ।

सोही अस्पतालमा एक महिलामा रहेका एपेन्डिसाईटिससहित ओभरइनमास र डर्मोइड सिस्टको समेत पौष १६ गते शल्यक्रिया गरिएको छ । फालेलुङ गाउँपालिका–३ का ३२ वर्षीया कला साँबाको एपेन्डिसाईटिसको लक्षण देखिएपछि उपचार थालिएको ओभरइनमास (अण्डासयमा ऐजेरु पलाएको) र डर्मोइड सिस्ट समेत रहेको उपचारमा संलग्न डा. प्रयास न्यौपानेले बताए । साँबाको शल्यक्रियाका लागि स्पाईनल एनेसथेसिया (आधार शरीर मात्र लट्याउने) प्रयोग गरिएको एनेसथेसियोलोजिस्ट डा. शाक्यले बताए । उनको वायएफसीका लागि नमुना संकलन गरी प्रयोगशाला परिक्षणका लागि रेफरल ल्याबमा पठाइएको अस्पताल प्रयोगशाला विभाग प्रमुख सरिनकुमार चौधरीले बताए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्टडा. शुभनाराण ठाकुरले पाँचथर जिल्लामा यस्ता किसिमका जटिल शल्यक्रियाहालसम्म नगरिएको बताए । “हामीलाई जानकारी भएअनुसार यस्ता जटिल शल्यक्रियाजिल्लामाभएकाथिएनन्” उनले भने,“हामीले शुलभ शूल्कमा यो सेवा समेत सुरुवात गरेका छौं ।” हर्निया, एपेन्डिक्स लगायतका रोगहरुको अबदेखि यही अस्पतालमा शल्यक्रिया सेवाउपलब्धहुने डा. ठाकुरले जानकारी दिए । अस्पतालले थप गरेको सुविधावाट विरामीले यस्ता रोगको उपचारका लागि तराईका झापा, मोरङ र सुनसरी जिल्लाका अस्पताल झर्नु पर्ने बाध्यताको अन्त्यभएको अस्पतालका अध्यक्ष सन्तोष श्रेष्ठले बताए ।

गत वैशाखदेखि सञ्चालित यस अस्पतालमा स्थापनाकालदेखि नै विशेषज्ञ डाक्टरवाट हाडजोर्नी तथा नशा सम्बन्धी शल्यक्रिया तथा उपचार हुँदै आएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय