
फुङ्लिङ बजारको तोक्मे क्षेत्रमा एकजना (महिला) को दैनिक रहेछ । पार्किङ गरि राखिएको सवारीसाधनको हेल्मेट लुकाउने, हावा फाल्ने । गएको एक साता भित्रमा नै त्यसको सिकार म स्वयम् दुईपटक भएँ । म जस्ता अरुपनि हुनुहुँदो रहेछ ।
कुरा रह्यो हिजो साँझको । मैले पनि सोहि क्षेत्रमा मोटरसाईकल पार्किक गरि राखेको थिए । आउँदा हेल्मेट छैन । यताउता खोजि गरेँ भेटिन । (यसअघि पनि सुँगुरको पाठा बेच्न ल्याएको चोयाको लिदिसहितको पेरुङ्गोमा फेला पारेको थिएँ) त्यसपछि मैले उनको श्रीमानलाई फोन गरेँ ।
श्रीमानको जवाफ थियो :
‘त्यहाँ पसलमा लुकाईदिएर राखेको होला । आफ्नो छानेर लानु ल भाई, अनि अबदेखि त्यहाँ नराख्नु ।’ जवाफ सुनेपछि लाग्यो, मैले केहि गल्ती गरेको छु अनि उस्ले मलाई एकपटकलाई माफि दिईराखेको छ ।
त्यसपछि त्यहिँ खटिएकी एकजना प्रहरीलाई भने–‘यहाँ त हेलमेट लुकाउँदो रहेछ नी ?’
प्रहरीले प्रतिप्रश्न गरिन् : तपाईको हरायो र ? त्यसपछि उनि आफ्नै काममा व्यस्त भईन् । मेरो समस्या सानो थियो या त सुन्न चाहिनन् ।
यति भएपछि मनमा प्रश्न मात्रै आयो ।
एउटा महिलाले किन यस्तो आँट गर्छ ? यस्तो घटनाको विषयमा त्यहाँ शान्ती सुरक्षाको लागि खटिएका प्रहरीलाई थाहाँ हुँदा हुँदैपनि किन चासो दिँदैन ? महिला मात्रै होईन उनका श्रीमानले पनि किन अबदेखि त्यहाँ पार्किङ नगर्नु भन्छ ? म मात्रै होईन ताप्लेजुङ जिल्लामा भ्रमण गर्नको लागि आएकाहरुको पनि यस्तै समस्या रहेछ । यसले जिल्लाको कस्तो सन्देश जाला ? के उनीहरुको दादागिरी हो ? किन पार्किङ गर्न नपाईने ?
हामीलाई शान्ति सुरक्षा प्रदान गर्ने प्रहरी प्रशासनलाई :
यस्तो क्रियाकलाप हुँदा पनि प्रहरी प्रशासनले किन समस्याको समाधान गर्न नसकेको ? प्रहरी प्रशासन नै महिला वा उनका अन्य आफन्तसँग डराएको ? ड्यूटिमा खटिएका तिम्रै प्रहरी कर्मचारीलाई चुल्ठोमा समाएर सार्वजनिक स्थानमा आक्रमण गरेको होईन ? कि यो विषय प्रशासनले चासो दिनुपर्ने भन्दा बाहिरको विषय हो ? केहि समय नियन्त्रणमा लिने अनि छाड्ने गर्नाले त झन ती महिलाको आत्मावल बढेको रहेछ । यसको समाधान तत्काल हुनुपर्यो ….ज्यू । म मात्रै होईन म जस्ता १५–२० जनाले दैनिक यस्तै सास्ती भोगिरहेकाछन् । ध्यानार्कषण होस् ।
अन्त्यमा मेरो स्टाटसलाई लिएर धेरैले कौतुहल्ता देखाउनुभयो, यसप्रति धन्यवाद । भिड्ने भनेको बैचारिक तरिकाले नै हो तर उनलाई यस्तो क्रियाकलाप गर्न उकास्नेहरु तिमीहरुलाई यो देखेर साह्रै रिस उठ्ला होईन ? भिड्ने भए भिडौँ । धन्यवाद