
माननीय उपप्रधानमन्त्री तथा भौतिक योजना मन्त्री,
नारायण काजी श्रेष्ठ ज्यु ,
भौतिक योजना मन्त्रालय सिहदरबार काठमाडौ ।
विषय- ध्यानाकर्षण रहोस् भन्ने सम्बन्धमा खुल्ला पत्र ।
प्रस्तुत विषयमा तमोर करिडोरअन्तर्गत ताप्लेजुङको आठराई त्रिवेणी र पाँचथरको हिलिहाङ गाउँपालिका जोड्ने तमोर नदीमाथिको मोटरेबल पुल निर्माण सुरु भएको ५ वर्ष बितिसक्दा पनि निर्माण कार्यसम्पन्न हुन नसक्दा हामी स्थानीय बासि समस्यामा परेका छौ।यस क्षेत्रको समृद्धि संग जोडिएको यो पुल निर्माण कार्य पूरा नहुदा सहज यातायात ,सामान ढुवानी, बजार पहुँच, सबैकुरामा गाह्रो भएको छ।निर्माण ठेक्का सपना याक्थुङहाङ जेभी निर्माण कम्पनीले लिएको छ। निर्माण कम्पनी याक्थुङहाङ जेभी कम्पनीका प्रबन्धक तेज कुरुम्बाङ हुनुहुन्छ।ताप्लेजुङमा रहेको उत्तर–दक्षिण लोकमार्ग आयोजनाले सपना याक्थुङहाङसँग निर्मिाणको सम्झौता गरेको छ। तोकिएको समयमा काम नसक्ने यस्ता कम्पनी लाई कडा भन्दा कडा कार्बाही गर्ने व्यवस्था होस,पटक पटक अनेक बाहानामा म्याद थप गर्ने र काम नगरि बस्ने बेथितिको तपाईंको कार्यकालमा अन्त्य होस। यो विषयमा माननीय मन्त्री ज्युको र मन्त्रालयको ध्यानाकर्षण रहने छ र निर्माण कार्य चाडै काम सम्पन्न हुनेछ भन्ने कुरामा स्थानिय बासि आशावादी छौ भन्ने व्यहोरा खुल्ला पत्र द्वारा अनुरोध गर्दछु।
लेखनाथ भट्टराई “गाम्नाङे”
स्थानीयवासी आठराई त्रिवेणी
,फुलबारी ताप्लेजुङ
मिति २०७९/०९/१६
बोधार्थ-
माननीय योगेश कुमार भट्टराई Yogesh Bhattarai
माननीय बसन्त कुमार नेम्वाङ Basanta Nembang