
१३ पुस, काठमाडौं । खाली आँखाले आकाशमा ग्रहहरुको परेड हेर्न चाहनुहुन्छ भने यो पुस महिनामा उपयुक्त मौका छ ।
बेलुकाको समयमा शौर्यमण्डलका सम्पूर्ण ग्रहहरुमध्ये अधिकांशलाई आकाशमा खाली आँखाले स्पष्ट देख्न सकिने बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले जनाएको छ ।
समितिका निमित्त कार्यकारी निर्देशक डा. सनत कुमार शर्माका अनुसार बुध, शुक्र, शनि, बृहस्पति र मंगल ग्रहलाई खाली आ“खाले सजिलैस“ग अवलोकन गर्न सकिन्छ भने शनि र बृहस्पतिको बीचमा बरुण तथा बृहस्पति र मंगलको बीचमा अरुणलाई भने बाइनाकुलर र टेलिस्कोपको सहायताले अवलोकन गर्न सकिन्छ ।
‘काठमाडौंबाट अवलोकन गर्दा प्रदूषण न्यून भएको स्थानबाट सूर्यास्त पश्चात् एजिम्यूथकोण ७० डिग्री देखि २४० डिग्री र उचाइकोण १० डिग्रीदेखि ६० डिग्रीमा यी ग्रहहरूलाई खाली आ“खाले अवलोकन गर्न सकिन्छ,’ डा. शर्माले भने ।
कति बेला हेर्ने ?
शौर्यमण्डलका प्रमुख ग्रहहरु पङ्तिवद्ध रुपमा आकाशमा एकैसाथ खाली आँखाले साँझपख अवलोकन गर्न सकिन्छ । सूर्यास्तसँगै बुध र शुक्र ग्रहहरु दक्षिण पश्चिम दिशामा केही समय अवलोकन गर्न सकिन्छ । यी दुई ग्रहहरु ६ः३० बजेसम्ममा क्षितिज मुनि पुगिसक्ने भएकाले सीमित समयको लागि देख्न सकिनेछ ।
शनि ग्रहलाई सोही दिशामा साँझ ८ः३० बजेसम्म अवलोकन गर्न सकिनेछ । बृहस्पति ग्रहलाई भने स्पष्ट र चम्किलो रुपमा पूर्व–दक्षिणबाट मध्य रातिसम्म देख्न सकिन्छ भने मंगल ग्रह भने पूर्व उत्तरदेखि पश्चिममा साँझदेखि बिहानसम्म अवलोकन गर्न सकिने डा. शर्माले जानकारी दिए ।
यसका साथै औंसी पश्चात् चन्द्रमा पनि अर्ध चन्द्राकार स्वरुपबाट पूर्ण चन्द्रमासम्मको दृश्यमा ग्रहहरुको अघि–पछि पछ्याइरहेको मनोरम दृश्य देख्न सकिन्छ । यी ग्रहहरू पंक्तिबद्ध रहेता पनि यिनीहरूको चित्र एकैसाथ लिन अति कठिन हुने शर्माको भनाइ छ