९ पौष, ताप्लेजुङ । राष्ट्रिय सेवा दल (एनसीसी) स्थापनाको अवसरमा ताप्लेजुङ सदरमुकाम फुङलिङमा शनिबार बिहान प्रभातफेरि, सरसफाइ तथा एनसीसीमा आवद्ध विद्यार्थीले परेड देखाएका छन् । यही अवसर पारेर एन सि सि मा आवद्ध विद्यार्थीले आगलागी नियन्त्रण सम्बन्धी चेतनामूलक कार्यक्रम (डेमो) प्रस्तुत गरेको छन ।

कार्यक्रममा विद्यार्थीले ताप्लेजुङ अधिक आगलागी हुने जिल्लामा पर्ने भएकाले आगो कसरी निभाउने भन्ने बिषयमा डेमो समेत देखाएका थिए।

सबैभन्दा पहिला नआत्तिने, विद्यार्थीले डेमो देखाउँदै भने, ‘ग्यासमा आगो लागे कम्वल तन्ना वा कुनैपनि कपडा भिजाएर छोपीदिने आफैं निभ्छ । कुनै पेट्रोलियम पदार्थ जन्य भाँडामा आगो लागे छापिदिए आफैं निभ्ने प्रयोग गरेर देखाएको हो ।’

यो विधि सबैले जान्नुपर्ने र विद्यार्थीमार्फत अभिभावकमा पुग्ने भएकाले अरु विद्यार्थीलाई पनि देखाइएको हो।

भिमकाली गुल्मले तालिम प्रदान गरिरहेका लिटलबुद्ध आवासीय माध्यमिक विद्यालय, युवा बर्ष माध्यमिक बिधालय र जनता माध्यमिक बिधालयका विद्यार्थीहरुले परेड खेलेका हुन् ।

स्थापना दिवसको अवसरमा मध्यपान र धूम्रपानबाट हुने बेफाइदा बिषयमा लिटल बुद्ध आवासीय माबीका बिद्यार्थीले सडक नाटक समेत प्रस्तुत गरेका थिए।

मुख्य बजार विरेन्द्रचोकको प्रस्तुतिमा विपद्‌को बेला एनसीसीका विद्यार्थी आफूहरुको सहयोगी बन्ने उनले सुनाए । विद्यार्थी र सेनाको टोलीले सदरमुकाम फुङलिङको तोक्मेडाँडा क्षेत्रमा सरसफाइ पनि गरेका छन् ।


नेपालका छात्रछात्राहरुमा देश बफादारीको भावना अझ बढी जागृत गराई राष्ट्रिय सेवा भाव विकसित गरी योग्य र अनुशासित नागरिक बनाउन र उनीहरुमा नेतृत्वको क्षमता बढाउन सैनिक तालिम दिनु वाञ्छनीय छानी २०२७ सालमा एनसीसीको कानुन पारित भएको थियो । यसको स्थापना चाहिँ त्योभन्दा छ वर्ष अघि २०२२ सालमै भएको हो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय