
पत्रकार महासंघ ताप्लेजुङको १० औ साधारणसभा विहिवार सम्पन्न भएको छ । सदरमुकाम फुङलिङस्थित एक होटलमा एक कार्यक्रमबीच संस्थाको आय व्याय र प्रगति विवरण सधारणसभामा पेश भएकोथियो ।
ताप्लेजुङवाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य योगश कुमार भट्टराईले कार्यक्रमको उत्घाट गर्नु भएकोथियो ।
संस्थाको प्रगति विवरण पेश गर्दै पत्रकार महासंघ ताप्लेजुङका सचिव सुवाश आचार्यले सम्पन्न निर्वाचनमा पत्रकार हरुले जनता सामु सचना प्रवाह गर्न कुनै कसुर नराखेको उल्लेख गर्नुभयो । महासंघले प्राविधिक कुरामा मुख्य निर्वाचन अधिकृतको कार्यालय समक्ष गरेको समज्दारीको मख्य उपज जनतामा विगतमा जस्तो निर्वाचन अधिकृतको कार्यालय गएर नतिजाको लागि कुर्नुपर्ने वाध्यतालाई अन्तय गर्न सकिएको कुरालाई पनि उपलब्धीको रुपमा लिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
महासंघले गत आर्थीक बर्षमा गरेको ‘जनता सँग जनप्रतिनिधि’ कार्यक्रम पुर्ण रुपमा सफल भएको ठहर गर्दै आगमी दिनमा स्थानीय सरकारलाई जनता सँग पुर्णरुपमा जवाफदेही वनाउन यी र यस्ता कार्यक्रमले निरन्तरता पाउने वताउनुभयो ।
ताप्लेजुङको पर्यटन, भौगोलिक विकटता,स्थानीय उत्पादनको पर्वदन लगायतो विषयमा आगामी दिनमा विज्ञसँग जन सहभागीता सहित छलफल गरिने आगामी उदेश्य रहेको उल्लेख गर्नुभयो ।
साथै विगतमा पनि पत्रकारमहासंघले गरेको क्रियाकलाप जनमैत्री भएको र अव पनि जनमैत्री वनाएरै अधि वढ्न वताउनुभयोे ।
साधारणसभामा आर्थिक प्रतिवेदन संस्थाका कोषध्यक्ष मदन गौतले पेश गर्नुभएको थियो २०६४ मा तत्कालिन पत्रकार महासंघले फुङलिङ नगरपालिका २मा हर्क वहादुर गुरुङवाट निसुल्क प्राप्त गरेको ६ आना जग्गामा निर्माणधिन भवनको निर्माण सम्पन्न गरिनु वर्तमान कार्यसमितिको महत्वपुर्ण कार्य भएको उल्लेख गर्नुभएकोथियो ।
सोही कार्यक्रमवाट महासंधमा यस अधि आवद्ध भई हाल जनप्रतिनिधिको रुपमा निर्वाचित आठराई त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष शानता कुमारी आङ्वोहाङ र फुङलिङ नगरपलिक २का वडा सदस्य लिलाचक्र गुरुङलाई सम्मान सहित विदाई पनि गरिएकोथियोे ।