आफ्नै सहोदर दाजुलाई भरुवा बन्दुक प्रहार गरी ज्यान मार्ने असफल प्रयास गर्ने फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगु बस्ने ४१ वर्षीय कुमार लिम्बूलाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी कुशराम कार्कीका अनुसार कुमारले आफ्नै ४४ वर्षीय दाजु धनकुमारलाई अवैध हतियार भरुवा बन्दुक ताकी ज्यान मार्ने मनसायले फायर गरेका थिए। तर उक्त फायर धनबहादुरलाई नलाग्दा उनी बच्न सफल भएको प्रहरीले बताएको छ।

प्रहरीले एकनाले भरुवा बन्दुकका साथ कुमारलाई नियन्त्रणमा लिई उनीबिरुद्ध ज्यान मार्ने उद्योग तथा हातहतियार र खरखजाना सम्बन्धी शीर्षकमा जाहेरी दरखास्त लिई अनुसन्धान सुरु गरिएको समेत जनाएको छ। Nagarik News

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय