रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका मकवानपुरका सभापति राजकुमार न्यौपानेमाथि कारबाहीको माग गर्दै जिल्ला कार्यसमितिका ४७ जनाले सामुहिक राजीनामा दिएका छन्।

निर्वाचनको दौरानमा पार्टीको हित विपरीत कार्य गरेको भन्दै न्यौपानेको राजीनामा माग गरिएको हो। जिल्ला सभापति न्यौपानेले निर्वाचनको अन्तिम समयमा समानुपातिक तर्फका उम्मेदवार नुर प्रसाद प्रजालाई विभिन्न प्रलोभनमा पारि नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँको घरमा बसेर बैठक गर्ने गरेको आरोप लागेको छ।

रास्वपाका जिल्ला कोषाध्यक्ष एवं मकवानपुर प्रतिनिधि सभा १ का उम्मेदवार टाकाराम थापा (सुरेस), मकवानपुर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार भरत पराजुली, जिल्ला उपसभापति निराजन बर्तौला लगायतका ४७ जनाले सामूहिक राजीनामा दिएका हुन्।

सभापतिबाट नै पार्टी प्रतिष्ठा बच्न नसकेको, आगामी दिनहरुमा पार्टी संगठन मजबुद हुन नसक्ने भन्दै उनीहरुले हस्ताक्षर सहित न्यौपानेलाई कार्बाही गर्न माग गर्दै राजीनामा दिएका हुन्।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!