फाल्गुन ७, ताप्लेजुङ । सरकारले प्रजातन्त्र दिवसको अवसरमा ताप्लेजुङका दूईजना सहित देशभरबाट ५ सय ८० कैदीको बाँकी कैद सजाय मिनाहा र १५ जनालाई आममाफी दिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ७१ औं प्रजातन्त्र दिवसको अवसरमा हातहतियार कसुरमा कैद सजाय भेग्दै गरेका ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ३ का एक र बहुविवाह मुद्धामा कैद भुक्तान गरिरहेका सिदिंवा गाउँपालिका ४ का एकजनाले बाँकी कैद मिनाहा पाएको ताप्लेजुङ कारागारका प्रमुख जेलर कुलेन्द्र खवासले जानकारी दिनुभयो । लिम्बूलगायतलाई ‘फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन)ऐन’, २०७४ तथा ‘ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३’ को दफा १२ बमोजिम कैद सजाय घटाइएको हो ।

देशभरबाट ५८० कैदीको बाँकी कैद सजाय मिनाहा र १५ जनालाई आममाफी दिने निर्णय मन्त्रिपरिषदले गरेको थियो । सरकारले मुलुकी अपराध संहिता २०७४ लागू हुनु अघिको प्रावधानअनुसार १७९ जना र २०७५ भदौ १ गतेबाट लागू भएको अपराध संहिता अनुसार ४०१ कैदीको बाँकी सजाय मिनाहा गर्ने निर्णय गरेको हो । उक्त तीनवटै प्रावधानअनुसार कैद कट्टा र माफी मिनाहा हुनेहरुको संख्या ५९५ जना रहेको छ । सजाय मिनाहा पाएकामध्येका १ सय ७९ जना कैदी व्यक्ति हत्यालगायत कसुरमा जन्मकैद सजाय पाएर कारागारमा सजाय भुक्तानरत कैदी रहेका छन् ।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले अपराधमा दोषी ठहर भई कानूनी कारबाहीको दायरामा नआई फरार रहेका र केही कैदमै भएका १५ जनालाई आममाफी दिने पनि निर्णय गरेको हो । उक्त आममाफीका लागि गृह मन्त्रालयबाट ४० जनाको सिफारिस गएकोमध्ये २५ जनाको सूची फिर्ता गरिएको बताइएको छ । आममाफीको सिफारिसमा परेका व्यक्तिबारे राष्ट्रपतिबाट निर्णय नभई बोल्न नमिल्ने गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय