२६ कार्तिक ताप्लेजुङ । ताप्लेजुङमा शनिबार बिहान करिब ६:३० बजे भएको अटो दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ अटो चालक गम्भिर घाइते भएका छन्।

फुङलिङ नगरपालिका वडा नं ८ खोक्सेबाट सुकेटार विमानस्थलतर्फ हिँडेको १/००२/००३ ह ३९०० नम्बरको अटो दोखुको नाम्लेपाटी माथि च्याङ्वाडाँडा दुर्घटना हुँदा पाथीभरा याङ्वरक गाउँपालिका वडा नं १ नाङखोल्याङ बस्ने ७५ बर्षिय धनबहादुर गुरुङ र गुरुङको नाति ११ बर्षिय इशान गुरुङको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । अटो भिरबाट करिब १५० मिटर तल झरेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)कैलाश राईका अनुसार गम्भिर घाइते अटो चालक गंगाराम राईलाई उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल ल्याइएको छ भने दुबै जनाको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ताप्लेजुङको शव गृहमा राखीएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!