नेकपा माओवादी केन्द्रले ताप्लेजुङको मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेम सहितलाई गरेको कारबाही फिर्ता लिएको छ ।

गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा पार्टीको हित विपरित कार्य गरेको भन्दै कारबाहीमा परेका वनेम सहित गंगाराम शंकर, जिवन ताम्लिङ लगायतको कारबाही फिर्ता गरेको हो । जिल्ला संयोजक विष्णु कुमार लिम्बूले मंगलबार विज्ञप्ती जारी गर्दै आगामी मंसिर ४ गते हुने संसदिय निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन पार्टी पंक्तिलाई आग्रह गरे । प्रदेश कमिटिका अध्यक्ष हर्क बहादुर नेम्बाङको उपस्थितिमा बैठक बसेर स्थानीय तहको निर्वाचनमा भएको सैद्धान्तिक र व्यवहारिक कमि कमजोरीलाई आ–आफुले स्विकार गर्दै अघि बढ्ने सहमति भएको संयोजक लिम्बूले जानकारी दिए । कारबाही फिर्ता भएपछि यसअघि कै पदमा बहाली गरिएको छ । यसअघि गत स्थानीय तहको निर्वाचनको समयमा जिल्ला समन्वय समिति निर्वाचनमा मैवाखोला गाउँपालिका अध्यक्ष समेत रहनु भएका वनेमको प्रस्तावमा गंगाराम शंकरलाई प्रमुख पदको उम्मेदवार बनाईएको थियो । तर संस्थापन पक्षले भने शंकर आफुँहरुको आधिकारिक उम्मेदवार नभएको भन्दै मनोनयन फिर्ता लिएपछि माओवादीले आफ्नो भागमा परेको जिसस प्रमुख पद गुमाउनु परेको थियो ।

यस्तै सिदिंवा गाउँपालिका उपाध्यक्षमा जिवन ताम्लिङ र मेरिङ्देन गाउँपालिका उपाध्यक्षमा दावाछिरिङ शेर्पाले स्वतन्त्र उम्मेदवारी दिएका थिए । त्यसपछि स्थानीय चुनावको समिक्षा गर्दै स्वतन्त्र उम्मेदवारी दिएका सहितका नेता कार्यकर्तालाई पार्टीले कारबाही गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!