फागुण ३ काठमाडौं । प्रतिनिधि सभा विघटन बिरुद्ध नेपाली काँग्रेसले आज देशभर विरोध प्रदर्शन गर्दैछ । आज ७७ वटै जिल्लामा प्रदर्शनको तयारी भएको हो । प्रदर्शनमा व्यापक सहभागीता जनाउन यस अघि हिजो विज्ञप्ति मार्फत सभापति शेर बहादुर देउवाले अपील जारी गरेका थिए ।
आज सभापति शेर बहादुर देउवा वुटवलमा हुने विरोध सभामा सहभागी हुनेछन् । त्यसै गरी वरिष्ठ नेता रामचन्द पौडेल धादिगं, विमलेन्द्र निधि सप्तरी, महामन्त्री शंशाक कोईराला दागंको विरोध सभामा सहभागी हुने काँग्रेसले जनाएको छ ।

यसैगरी नेता कृष्णप्रसाद सिटौलाले झापा, प्रकाशमान सिंहले पोखरा, डा.शेखर कोइरालाले धरान, अर्जुननरसिंह केसीले काठमाडौं, डा.मिनेन्द्र रिजालले प्युठान, डा. रामशरण महतले काभ्रे, प्रवक्ता विश्वप्रकाश शर्माले ललितपुर, गगन थापाले चितवन, प्रदिप पौडेलले दैलेख, अर्जुन जोशीले भक्तपुर, गुरुराज घिमिरेले दोलखाको विरोध सभालाई सम्बोधन गर्ने छन् ।
यस अघि पनि स्थानीय तह, प्रदेश र संघीय निर्वाचन क्षेत्रमा काँग्रेसले विरोध प्रदर्शन गरेको थियो ।
संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भने पनि काँग्रेसले त्यस बिरुद्ध केन्द्रीकृत आन्दोलन गरेको छैन । साथै साझा आन्दोलनका लागि नेकपा प्रचण्ड माधव समुहले छलफल गरे पनि काँग्रेस तयार भईसकेको छैन ।
काँग्रेसले शसक्त आन्दोलन गर्ने या निर्वाचनमा जाने भन्ने आन्तरीक पूर्ण सहमति नहुँदा अलमलिएको आरोप अन्य दलले लगाउदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय