राजस्थानको उदयपुर जिल्लाको मणप्पुरम गोल्ड लोन कम्पनीबाट २३ किलो सुन र ११ लाख नगद लुटपाटमा संलग्न दुई अभियुक्तलाई प्रहरीले शुक्रबार चितौडगढको निम्बहेराबाट पक्राउ गरेको छ । बिहारका राजकुमार कुमार र फुन्टुश कुमारलाई पक्राउ गरेपछि सोधपुछ भइरहेको छ । तर, अहिलेसम्म लुटिएको सुन र नगद फेला परेको छैन ।

गत अगस्त २९ गते पाँचजनाको हतियारधारी समूहले यो घटना गराएको थियो । प्रहरीका अनुसार बिहारका यी दुवै अभियुक्त लुटपाटपछि त्यहाँ गएका थिए । उनीहरु कुनै अन्य लुटका लागि रेकी गर्न चित्तौडगढ आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!