
फागुण १ काठमाण्डौं । विप्लव नेतृत्वको नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले २६ औं जनयुद्ध दिवसका अवसरमा एक वक्तव्यमार्फत सँयुक्त सरकारको नारा अघि सारेका छन् ।
आज जारी विज्ञप्तिमा महासचिव विप्लवले एक दर्नन साथीहरुको शहादत, सुदर्शन, कन्चन, माईला लामा लगायतका नेताहरु जेलमा रहेको अवस्थामा जनयुद्ध दिवस मनाईदै गरेको भन्दै जनयुद्धको औचित्य र सहीपना झन सही सावित हुँदै गएको बताएका छन् ।
महासचिव विप्लवले प्रचण्ड माधव पक्षले संसद पुनस्थापना, ओलीले निर्वाचन र काँग्रेस र जसपाले जे भए पनि हुन्छ भन्ने जस्तो गरीरहेको भन्दै यो सबै जनतालाई असफल संसदीय व्यवस्थाको गोलचक्कर भित्र घुमाउन खोजिरहेको र त्यो भ्रामक रहेको भन्दै यसको निकाश वैकल्पिक सँयुक्त सरकार हुन सक्ने प्रस्ताव गरेका छन् ।
विज्ञप्तिमा यसले सार्वभौम शक्ति सम्पन्न जनताको जनमतद्धारा वैज्ञानिक समाजवाद या पूजीवादको पक्षमा फैसला दिन सक्षम हुने विप्लवको दावी छ ।
वैकल्पिक सँयुक्त सरकारले अग्रगामी राजनीतिक निकाश दिने उदेश्यका साथ क्रान्तिकारी र परिवर्तनकारी मित्र शक्तिहरुका बीचमा रणनीतिक सँयुक्त मोर्चा निर्माण भएको र यसको महत्व रहेको विप्लवले बताएका छन् ।