२० असोज, ताप्लेजुङ।
ताप्लेजुङमा एक ‘चरी बाघ’ भेटिएको छ। बिहिबार बिहान जिल्लाको फुङ्लिङ नगरपालिका–२ स्थित शिक्षा लाइनमा माउ सहित २ डमरु ‘चरी बाघ’ फेला परेको हो। तर माउ र एक बच्चा भने नियन्त्रणमा लिन नसकेको बताइएको छ। स्थानीय डेबिट खिम्दिङ्ले बिहान बाघ देखेपछी नियन्त्रणमा लिन कोसिस गरेका थिए तर एउटा डमरु मात्र नियन्त्रणमा लिन सकेको बताए ।
डिभिजन वन कार्यालय ताप्लेजुङले उक्त स्थानमा बाघको एक बच्चा फेला परेको र उक्त बाघको उद्धार गरिएको जानकारी दिएको छ। सो चरी बाघको बच्चालाई सब डिभिजन वन कार्यालय ताप्लेजुङले उद्धार गरेर बन कार्यालयमा ल्याएको हो।
उद्धार गरेर ल्याइएको उक्त बाघलाई केही दिनपछि वनमा छोडिने बताइएको छ। सो चरी बाघ अल्पवयस्क अवस्थाको रहेको जनाइएको छ।







