असोज १३, ताप्लेजुङ ।
तरुण भारती
ताप्लेजुङ बिहिबार सम्पन्न ताप्लेजुङ म्याराथन प्रतियोगितामा जुम्लाका दल बहादुर कुवर र महिलातर्फ समपाल्मु शेर्पा प्रथम भएका छन्।
यसैगरी पुरुषतर्फ डोटीका खगेन्द्र बहादुर भाट, पाँचथरका राजन मेयोङवा क्रमशः दोस्रो र तेस्रो भए।
उनीहरूले क्रमशः १ लाख ५१ हजार १ सय ११, १ लाख ३१ हजार १ सय ११, १ लाख ११ हजार १ सय ११ नगद सहित शिल्ड र मेडल पाएका छन्।
महिलातर्फ छेम्बीमाया राइ दोश्रो र पेम्बाल्हामु शेर्पा तेस्रो भए। उनीहरूले क्रमशः ८१ हजार १ सय ११, ५१ हजार १ सय ११ र ३१ हजार १ सय ११ नगदसहित शिल्ड र मेडल पाएका हुन। ताप्लेजुङ महिला हाफ म्याराथन प्रतियोगिताको उपाधि ताप्लेजुङकै मैवाखोला गाउ‘पालिका ५ फाकुम्वाकी समपाल्मु शेर्पाले जितेकी छन । उनले ३ घण्टा ४१ मिनेट ९ सेकेण्डमा निर्धारित दुरी पार गर्दै उपाधि जितेकी हुन ।

भोजपुरको हतुवागडी गाउ‘पालिका घरभई हाल धरान बस्तै आएकी छेम्विमाया राई द्धितिय भईन । उनले ४ घण्टा ९ मिनेट ५३ सेकेण्डमा निर्धारित दुरी पार गरिन । तेतिय स्थान ताप्लेजुङकै पेम्वाल्हामु शेर्पाले जितिन । उनले ४ घण्टा ३१ मिनेट ५४ सेकेण्डमा दुरी पार गरिन । प्रथम, द्धितिय र तृतियको लामो अन्तर भएको थियो ।

ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सवको आयोजनामा भएको म्याराथन’ प्रतियोगितामा निर्धारित दुरिको लागि दल बहादुर कुवरले ४ घण्टा १२ मिनेट २७ सेकेन्ड दोस्रो स्थानमा खगेन्द्र बहादुर भाटले ४ घन्टा १२ मिनेट ५७ सेकेन्ड र तेस्रो ४ घन्टा १२ मिनेट ५८ सेकेन्डमा पार गरेका हुन। र राजन मेन्याङवो भए । खगेन्द्रले राजनलाई १ सेकेण्डले जितेका हुन ।
सदरमुकाम फुङलिङको पाथीभरा चोकवाट सुरु भएको प्रतियोगिता सुकेटार, काफ्लेपार्टी, पाथीभरा मन्दीर पुगेर सदरमुकाम स्थित तोक्मेमा पुगेर टुंग्याइएको हो । प्रतियोगिता विहान ७ वजेर ३५ मिनेटमा सुरु भएको हो । पूर्वको धार्मिक स्थल पाथिभराको प्रचार प्रसार गर्ने उदेश्यले ताप्लेजुङमा ११ गतेदेखि पर्यटन महोत्सव सुरु भएको हो ।

ताप्लेजुङ म्याराथनमा देशभरका एक सय ३५ जना प्रतियोगी सहभागी थिए भने महिलातर्फ २४ जनाको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!