फागुण १ धनकुटा । नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष माधव कुमार नेपालले पार्टीको दुई तिहाई केन्द्रीय सदस्य आफूहरुसगँ रहेको र यस्तो स्थितिमा निर्वाचन आयोगले सेटिङका आधारमा अन्यायपूर्ण निर्णय गरेमा केन्द्रीय सदस्यले निर्वाचन आयोग घेर्ने चेतावनी दिएका छन् ।
प्रतिगमनविरुद्ध धनकुटामा शनिबार आयोजित विरोधसभालाई संबोधन गर्दै नेपालले केन्द्रीय सदस्यको संख्याका आधारमा पार्टीको आधिकारिता आफूहरुले पाउने भन्दै यस्तो चेतावनी दिएका हुन् ।
प्रचण्ड र आफूले नेतृत्व गरेको पार्टी नै आधिकारीक भएको भन्दै नेपालले अब चुनाव चिन्ह सूर्य पनि आफूहरुको हुने र केपी ओलीसगँ केवल वयलगाडा मात्रै हुने दाबी पनि गरे ।
यसैगरी, प्रतिगामी कदमका कारण देश रोइरहँदा ओली उपरखुट्टी लगाएर उखानटुक्का सुनाउँदै हिँडेको उनले आरोप लगाए ।

फरक प्रसङ्गमा नेता नेपालले ओली नेतृत्वको सरकारको कार्यकालमा मुलुकभर १४ हजार बलात्कारका घटना भएको बताउँदै अपराधीले उन्मुक्ति पाउने गरेको उल्लेख गरे । बालुवाटारको संरक्षणमा अधिकांश घटनाका दोषी उम्किएको उनको भनाइ थियो । निर्मला पन्त, भागरथी भट्टलगायत बलत्कारको सिकार भएका घटनामा सरकारले दोषीलाई अझै कारबाही गर्न नसक्नु दुखद् रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय